सर्वोच्चमा मीनबहादुरहरुको रिटमाथि सुनुवाई शुरु

सर्वोच्चमा मीनबहादुरहरुको रिटमाथि सुनुवाई शुरु

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ ।  न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई थालनी भएको छ ।

पक्रउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई भइरहेको छ । शाहको तर्फबाट अभिषेकविक्रम शाह, धर्मप्रसाद गौतमको तर्फबाट सरोज गौतम र मीनबहादुर गुरुङको तर्फबाट विद्या गुरुङले मुद्दा दायर गरेका हुन् । 

उनीहरुले हदम्याद नाघिसकेको मुद्दामा अवैध तवरले पक्राउ गरेकाले हिरासतबाट मुक्त गर्न माग गरिएको छ । उनीहरुले गत बुधबार बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

गत शुक्रबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो । सरकारलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएपछि आज अर्को सुनुवाई भइरहेको हो ।

आजको मुद्दा पेसी सूचीमा क्रमशः ६ देखि ८ मा रहेको छ । त्यसअगाडिका मुद्दामा केहीमा सुनुवाई भएको, केहीमा हेर्न नमिल्ने र पछाडिका मुद्दा हेर्न नभ्याइने आदेश भएको छ ।


 

टिप्पणीहरू