सञ्चार सचिवलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सवुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्नु ।’
सचिव राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार नियन्त्रणमा लिएको थियो । उनको तर्फबाट उषा कार्कीले हिजो गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
टिप्पणीहरू