लेबनानीको झोलामा १० हजार अमेरिकी डलर

लेबनानीको झोलामा १० हजार अमेरिकी डलर

काठमाडौंबाट दुबई जान लागेका लेबनानी नागरिकको झोलाबाट अवैध डलर फेला परेको छ । हिजो राति १० बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २२९ बाट दुबई प्रस्थान गर्न लागेका एल यमन मोहम्मदको साथबाट प्रहरीले १० हजार अमेरिकी डलर फेला पारेको हो ।

आरएल ४२८६४२६ नम्बरको राहदानी वाहक मोहम्मदको साथबाट सुरक्षा जाँचको क्रममा प्रहरीले उक्त परिमाणको डलर फेला पारेको थियो । अवैध डलरसहित निजलाई आवश्यक कारबाहीको निम्ति राति १२ बजे प्रहरी बृत्त गौशाला लगिएको बताइएको छ ।

टिप्पणीहरू