राजश्व महानिर्देशकले भन्सार कार्यालय पुगेर भने : आवश्यक सहयोग गर्नु
तस्करीको एक क्विण्टल सुनपछि पनि त्रिभुवन विमानस्थलमा थप सुन रहेको आशंकामा राजश्व अनुसन्धान विभागका कर्मचारीले भन्सारको गोदाममा चेक जाँच गरिरहेका छन् । विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल भन्सार कार्यालय पुगेर त्यहाँका अधिकृतलाई आवश्यक सहयोगको निम्ति निर्देशन दिएपछि चेकजाँच थालिएको बताइएको छ ।
दिउँसो साढे १ बजेको समयमा भन्सार कार्यालय परिसरमा पुगेको राजश्व अनुसन्धान टोलीले थप सुन रहेको आशंकामा सशस्त्र प्रहरीको सहयोगमा विशेष अपरेसन गरेको हो । ढुंगानाको नेतृत्वमा विशेष अपरेसन गरिएको बताइएको छ ।
यसअघि अस्ति बेलुकी हङकङबाट आएको क्याथे प्यासिफिकको उडानमा मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन एकाएक हिजो दिउँसो बाहिरिएको थियो । भन्सारभित्रै त्यस्तै प्रकृतिका अरु पनि सुन हुनसक्ने आंशका गरेर ढुंगानाको टोली त्यहाँ गएको हो ।
मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुनको तौल यकिन गर्न अहिले एउटा टोली उक्त सामान लिएर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुगेको छ । ब्रेक सु गालेर सुनको वास्तविक तौल पत्ता लगाइने छ । ब्रेक सुसहितको तौल एक सय ५२ केजी पाइएको जनाइएको छ ।
टिप्पणीहरू