सशस्त्र प्रहरी जवान पशुपतिको जंगलमा झुण्डिए
राजधानीमा एक जना सशस्त्र प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा सशस्त्र प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
नाइलनको डोरीले रुखमा पासो लगाई रामेछाप घर भएका २१ वर्षीय समिर बस्नेत झुण्डिएका हुन् । मृत अवस्थामा फेला परेका उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गणमा कार्यरत उनको आत्महत्याबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू