जनआस्थाको समाचार सही सावित: राकेश अडुकियाको घरमा मारियो छापा
राजश्व अनुसन्धान विभागले विवादास्पद व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको छ । गत साता बाहिरिएको एक क्विन्टल सुन काण्डमा मुछिएका राकेशको घरमा टोली आज एकाएक छापा मार्न पुगेको हो । जनआस्था साप्ताहिकले आज बिहान "सुन ल्याउने साहुजीको पाइनै लाग्यो सुराक" शीर्षकमा निजको तस्विरसहित समाचार प्रकाशन गरेको थियो ।
विभागले उक्त तस्करी प्रकरणको अनुसन्धानका क्रममा उनको घरमा छापा मारेको बताएको छ । अडुकियाले पछिल्लो छ महिनामा गरेको हङकङ,दुबई,नयाँ दिल्ली र बैंककतिरको शंकास्पद यात्रा विवरण पनि आजै जनआस्थामा छापिएको छ । त्यसै समाचारको पुष्टि हुनेगरी राकेशको निवासमा आज राजश्वले छापा मारेको हो ।
भर्खरै प्राप्त समाचारअनुसार सोही काण्डमा समातिएका एक जना चिनियाँको अर्को सेल्टरमा पनि प्रहरीले छापा मारेको छ । ठमेलस्थित एक होटलमा बस्दै आएका उनको कोठामा र अडुकियाको घरमा राजश्वको टोली एकै समय पुगेको बताइन्छ ।
टिप्पणीहरू