टोपबहादुर निलम्बित भएको औपचारिक जानकारी गराईंदै

टोपबहादुर निलम्बित भएको औपचारिक जानकारी गराईंदै

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराईंदैछ । 

संसद सचिवालयले सार्वजकि गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यक्रम छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि सांसद रायमाझी निलम्बन भएको जानकारी गराउन लाग्नुभएको हो ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पुर्पक्षका लागि कारागारमा छन् । जिल्ला अदालत काठमाडौंको आदेशानुसार काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पनि पुर्पक्षको क्रममा कारागार पुगेका हुन् ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गरिएको सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ ।

टिप्पणीहरू