छ मध्ये तीन प्रस्तावित राजदूतको सुनुवाई भोलि

छ मध्ये तीन प्रस्तावित राजदूतको सुनुवाई भोलि

सरकारले विभिन्न मुलुक र नियोगमा प्रस्ताव गरेका छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ आज भएको छ । सुनुवाइ समितिको आज बसेको बैठकमा न्यूयोर्कस्थित स्थायी नियोग,स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ भयो ।

बैठकमा प्रस्तावित राजदूतहरु क्रमशः लोकबहादुर थापा, रामप्रसाद सुवेदी र सुधीर भट्टराईले आ–आफ्ना योग्यता,अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । तिनले आफ्नो कार्यकालमा उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने,दुई देश र संस्थाबीचको सम्बन्ध थप सुदृढ तुल्याउन प्रयास गर्ने, आर्थिक कूटनीतिमा जोड दिने,वैदेशिक लगानी भित्र्याउन पहल गर्ने र वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने  जानकारी दिएका थिए ।

समितिले भोलि प्रस्तावित राजदूतहरुमध्ये कुवेतका लागि घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर ओलीको सुनुवाइ गर्ने बताइएको छ ।

टिप्पणीहरू