के हुन्छ च्यासलमा हिजोआज ?

के हुन्छ च्यासलमा हिजोआज ?
सुन्नुहोस्

नेकपा एमालेको मुख्यालय थापाथली हाइटबाट तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सारिएपछि एकाएक उक्त स्थान चर्चामा छ । च्यासलस्थित प्रतिष्ठानमा एमाले कार्यालय सरेपछि उक्त स्थानको नाम दिनहुँ सुनिन थालेको छ ।

इतिहासमा उक्त स्थानको नाम आठ सय किरातीलाई काटेपछि च्यासल राखिएको हो भनिन्छ । एमाले पार्टी कार्यालयमा सामान्यतयाः अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक र प्रमुख आतिथ्यमा अन्य कार्यक्रम हुने गरेको छ । यदाकदा अध्यक्षको अनुपस्थितिमा कार्यक्रम र दैनिक कार्यालय सञ्चालनको निम्ति महासचिव शंकर पोखरेललगायत नेताहरु विष्णु रिमाल,पार्वत गुरुङ,भानुभक्त ढकाल र प्रदीप ज्ञवाली मुख्य देखिने गरेको पाइन्छ  ।

सामान्यतयाः ठूला बैठकमा पनि यिनै नेताले मात्रै आफ्ना धारणा राख्ने गरेका छन् । अरुको भूमिका भने होमा हो मिलाउँदै मुन्टो हल्लाउने मात्रै हो । पार्टीभित्र आन्तरिक जनवाद,लोकतन्त्र सबै समाप्त हुँदै गएको असन्तुष्ट नेताहरुको भनाई छ । 
विगतमा निकै शक्तिशाली मानिएका तर अहिले केन्द्रीय नेतृत्वमा रहेका केहीको अवस्थासमेत उस्तै हुन थालेको बताइन्छ । पछिल्ला दिनमा सार्वजनिक भएका ललिता निवास, यति,ओम्नी,गिरीबन्धु टि इस्टेट प्रकरणका कारण च्यासल फेरि सेलाएको भान परेको छ । 

विगतमा बल्खुको मदननगरमा विचार, सिद्धान्त र आस्थाबारे घण्टौँ बहस हुने पार्टी कार्यालयको वातावरणलाई अहिले फेसबुक,ट्वीटर र टिकटकले विस्थापित गरिदिएको छ ।

यसवीच नेकपा एकीकृत समाजवादीका केही नेता तथा कार्यकर्ता एमालेमा फर्किएका छन् । अहिले केही कमरेडको पुरानो घर फिर्तीको त्यही विषयले पनि च्यासलमा गफको मेलोलाई सघाएको देखिन्छ । तर, माओवादी केन्द्र, विप्लवलगायत अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले भने एमालेलाई खासै रोजाइमा राखेको देखिँदैन ।

टिप्पणीहरू