माग पूरा नभएसम्म एमालेले संसद बैठक अवरुद्ध पार्ने

माग पूरा नभएसम्म एमालेले संसद बैठक अवरुद्ध पार्ने
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याएको छ । उसले क्विन्टल सुन प्रकरणमा त्यस्तो समिति गठनको माग आफ्नो बटमलाइन भएको जनाउँदै तबसम्म संसदको अवरोध कायम रहने जनाएको छ ।

पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिँदै पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो । जारी विज्ञप्तिमा छानबिन समिति गठन नभएसम्म एमाले संसद अवरुद्धबाट पछि नहट्ने उल्लेख छ ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई अधिनायकवादी चरित्र नदेखाउन चेतावनी दिनुभएको हो ।

टिप्पणीहरू