संसदपछि एमालेले लेखा समितिको बैठक पनि बहिष्कार गर्ने

संसदपछि एमालेले लेखा समितिको बैठक पनि बहिष्कार गर्ने

नेकपा एमालेले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक पनि बहिष्कार गरेको छ । सिंहदरबारमा आज बोलाइएको बैठक सभापति चयन नगरिएको उल्लेख गर्दै बहिष्कार गरिएको बताइएको छ । 

एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दै आएको छ । सुन तस्कारीको छानबिनमा उच्चस्तरीय समितिको गठन माग गर्दै आएको एमालेले अबदेखि लेखा समितिको सभापति चयन नहुँदासम्म पार्टीको सहभागिता नहुने जनाएको हो ।

टिप्पणीहरू