आज नागपञ्चमी मनाईंदै

आज नागपञ्चमी मनाईंदै

हिन्दु परम्पराअनुसार आज नागपञ्चमी मनाईंदै छ । हिन्दुहरुले आज आफ्नो निवासको मूलढोकामा नागको फोटो टाँसेका छन् ।

साउन शुक्ल पञ्चमीको दिन नाग पर्व मनाइन्छ । घरको मूल ढोकामा नागको तस्बिर टाँसेपछि घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ ।

हिन्दु मान्यताअनुसार नागलाई सर्प प्रजातीका राजा मानिन्छ । आजका काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै मुलुकभरका दह र कुण्डमा विशेष पूजा गरिन्छ ।

टिप्पणीहरू