प्रधानमन्त्रीको प्रश्नोत्तरपछि एमाले झन् चिढियो
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीले संसद बैठकमा सम्बोधन गरेपनि उहाँका कतिपय अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्रीले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने बताएपछि एमालेले उक्त प्रतिक्रिया जनाएको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको अभिव्यक्ति भड्काउपूर्ण भएको टिप्पणी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको भनाई संविधान विपरीत र मुलुकमा जातीय हिंसा भड्काउने उद्देश्यले आएको छ । एमालेले उक्त अभिव्यक्तिको निन्दा र भत्र्सना गरेको छ ।’
मिलेर बसेको नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैल्याउने र समाजलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल संलग्न भएको गिरीको आरोप छ । प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा व्यक्त गर्नुभएका धारणाप्रति एमालेको उक्त प्रतिक्रिया आएको हो ।
टिप्पणीहरू