गरिब मर्ने, ठूलाबडा बाँच्ने

गरिब मर्ने, ठूलाबडा बाँच्ने

यतिखेर पूरा विश्व नै कोरोना कहरबीच जेनतेन बाँचेको अवस्थामा छ । समाजवादले गरिबी निमिट्यान्न पार्ने भनेको थियो तर नारामै सीमित छ । तर, अहिले समग्र विश्व र नेपालमा विद्यमान आर्थिक,राजनीतिक र सामाजिक असमानताबीच कोरोना महामारी देखापरेको हो ।

मानिसको शरीरमा हुनसक्ने अन्य धेरैथरि जीवाणु र किटाणुको वास्ता गर्न छाडिएको छ । कोरोना महामारी अघिसम्म प्रत्येक दिन विश्वमा विभिन्न कारणले एक लाख ५० हजार जनाको निधन हुने गर्थ्यो ।

उता, अमेरिकामा मर्नेमध्ये धेरैजसो अश्वेत वर्णका आप्रवासीहरू छन् जो मजबुरीबस धेरैतिर र रिस्कको काम गर्छन् । भारतमा पनि हजारौं गरिब मरेका छन् तर अमिताभ बच्चनहरू जोगिएका छन् । नेपालमा समेत मर्नेको संख्या र वर्गलाई हेर्दा हुनेखाने र सुकिलामुकिला जोगिएको अवस्था छ । तर, हुँदा खाने र धुलोमैलोमा जीवन व्यतित गरिरहेकाहरू भटाभट प्राण त्याग्न बाध्य छन् ।

सबैजसो देशका गरिब र निमुखा जनताको एउटै अवस्था हो । उनीहरू सबैको लागि हात मुख जोर्न धौ धौको अवस्था सँधै हुन्छ । दिनभरि काम गरेर साँझ एक छाक खानेहरूको शरीरमा “भगवान”ले दिएको बाहेक पोषिलो खाना र औषधीबाट प्राप्त हुने रोग प्रतिरोधात्मक क्षमता लगभग शून्य हुन्छ ।

अहिले सबैको कोरोना भाइरसको मात्र परीक्षण गरिएको छ । मानिसको शरीरमा हुनसक्ने अन्य धेरैथरि जीवाणु र किटाणुको वास्ता गर्न छाडिएको छ । कोरोना महामारी अघिसम्म प्रत्येक दिन विश्वमा विभिन्न कारणले एक लाख ५० हजार जनाको निधन हुने गर्थ्यो । तर,अहिले बितेकामध्ये कति शुद्ध कोरोनाको कारणले र कति अन्य कारणले हो भन्ने निक्र्यौल कसैले गरेको छैन ।

 

टिप्पणीहरू