चीनबाट एक किलो सुन बोकेर आएकी महिला अस्पताल भर्ना

चीनबाट एक किलो सुन बोकेर आएकी महिला अस्पताल भर्ना

चीनबाट एक किलो सुन बोकेर स्थलमार्ग हुँदै रसुवागढी आइपुगेकी महिला अस्पताल भर्ना भएकी छन् । उनलाई अवैधरूपमा सुन आयात गरेको अभियोगमा प्रहरीले सीमा नजिकैबाट हिजो पक्राउ गरेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ सुनसहित पक्राउ परेकी हुन् । उनले चीनको स्वशासित क्षेत्र तिब्बतको केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ ल्याएको बताइन्छ । 

रसुवागढी नाकाबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेकी हुन् । त्यसपछि उनी अकस्मात बिरामी परेकी हुन् । बिरामी परेपछि पाछेमुलाई धुन्चेस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

टिप्पणीहरू