एउटै उजुरीबिनाका एकल न्यायाधीश

एउटै उजुरीबिनाका एकल न्यायाधीश
सुन्नुहोस्

सर्वोच्च अदालतको न्यायाधीशमा एक वर्षअघि सिफारिस गरिएका न्यायाधीशको आज सुनुवाईको पालो आएको छ । संसदीय सुनुवाई समितिले न्यायाधीशमा सिफारिस विनोद शर्माको सुनुवाई थालेको हो ।

करियर न्यायाधीशको रुपमा बढुवा हुँदै आएका शर्माविरुध्द एउटा पनि उजुरी परेको छैन । २०५४ मा सहसचिव बनेका उनी २६ वर्षपछि सर्वोच्चमा नियुक्त हुन लागेका छन् । जबकि त्यसपछि ०६४ कै सहसचिवहरु यसअघि नै सर्वोच्चमा पुगिसकेका छन् । 

‘समग्रमा राम्रा हुन् । तर एक वर्ष अघिदेखि सर्वोच्चमा त्यत्तिकै बसे,’ न्यायपरिषदका एक जना सदस्यले भने, ‘जनकपुरमा कामु मुख्य न्यायाधीश थिए । उजुर नपर्नु भनेको हात लामो नगर्नुको प्रमाण हो ।’

विक्रम संवत २०१८ मा जन्मेका उनी आगामी तीन वर्ष सर्वोच्चमा रहनेछन् ।

टिप्पणीहरू