नापीका कर्मचारी घुस खाँदाखाँदै च्याप्पै

नापीका कर्मचारी घुस खाँदाखाँदै च्याप्पै
सुन्नुहोस्

नापी कार्यालय सिरहामा कार्यरत अमिन दिपरन्जन यादव घुससहित समातिएका छन् । 

जग्गाधनी पूर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएका उनलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम दश हजार नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अनुसन्धानको क्रममा यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारको दाबी छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।

टिप्पणीहरू