अनिश्चित बन्यो सुन तस्करी छानबिन आयोगको गठन

अनिश्चित बन्यो सुन तस्करी छानबिन आयोगको गठन

सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय छानबिन आयोग गठनका लागि बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ ।

साँझ गृह मन्त्रालयमा बसेको बैठकमा दलीय सहमति हुन नसक्दा कुनै निर्णय गर्न नसकिएको बताइएको छ । सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको अनुपस्थितिका कारण बैठक निष्कर्षविहीन बनेको बताएका छन् ।

एमालेले गत महिनाको सर्वदलीय बैठकमा भएको सहमतिबाट सरकार पछि हटेको आरोप लगाएको छ ।

गत भदौ ५ गते सुन तस्करीबारे छानबिन गर्न आजसम्म आयोग गठन गर्ने सहमति भएको थियो ।

टिप्पणीहरू