सेनाको हेलिकोप्टरमा फास्ट ट्याक निरीक्षण टोली
झण्डै एक दर्जन सरकारी अधिकारीहरुको टोलीले काठमाडौं–निजगढ दु्रतमार्गको हवाई निरीक्षण गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा गएका १० जना उक्त निरीक्षणपछि साँझ ५ बजे काठमाडौं फर्केको बताइन्छ ।
टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय .का सहसचिव अर्जुन जंग थापा, सहसचिव उमेश विन्दु श्रेष्ठ, सडक विभागका महानिर्देशक सुशिलबाबु ढकाल, उपमहानिर्देशक नरेशमान शाक्य, निर्देशक प्रभातकुमार झा, सहसचिव रामहरी पोखरेल थिए ।
नेपाली सेनाको हेलिकोप्टर कल साइन एनए एएलएचमा हवाई निरीक्षणको निम्ति गएको टोलीमा रक्षा मन्त्रालयकी कविता निरौला, आयोजनाका विज्ञ सरोजकुमार प्रधान र नेपाली सेनाका दुई जना अधिकृत थिए ।
उनीहरुमा एक जना प्राविधिक महासेनानी इन्दीवर गुरुङ र अर्का महासेनानी कमल बानिया हुन् ।
टिप्पणीहरू