विशेषको फैसलाविरुद्ध फेरि अख्तियार पुग्यो सर्वोच्च अदालत

विशेषको फैसलाविरुद्ध फेरि अख्तियार पुग्यो सर्वोच्च अदालत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेषबाट भएका विभिन्न फैसलामध्ये आयोगले पछिल्लो पटक एउटामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको बताइएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार गैरकानूनी लाभ तथा राज्यलाई हानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको हो । 

झुट्टा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मीनबहादुर विष्टविरुद्ध दुई लाख ३४ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । 

विशेष अदालतको गत फागुन १८ गतेको फैसलाले उनलाई मागदाबीभन्दा फरक न्यून बिगो कायम गरी कसुर ठहर तथा सजाय तोकिएपछि आयोगले त्यसमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको हो ।

टिप्पणीहरू