दशैँ तिहार मनाएपछि बल्ल सर्वोच्चमा थप श्रीमान

दशैँ तिहार मनाएपछि बल्ल सर्वोच्चमा थप श्रीमान

न्यायपरिषदको बैठकबाट सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति दशैंपछि गर्ने समझदारी भएको छ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समय मागेपछि नियुक्तिको भाखा दशैंपछि पुगेको बताइन्छ । 

यसअघि जिल्ला न्यायाधीश नियुक्तिमा मन्त्री गुरुङले तीन चार वटामा समझदारी गरेको बताइन्छ । स्याङ्जामा मन्त्री गुरुङलाई निर्वाचनमा गुन लगाएका वकिल सरकारी वकिललाई यसपालि न्यायाधीश बनाइएको छ । यसअघिका मन्त्री दिलेन्द्र बडुले भने नियुक्तिमा धेरै नै हस्तक्षेप गरेको गुनासो सुनिन्छ ।

बैठकमा न्यायाधीशहरुको नयाँ नियुक्तिका काम सकेपछि केही बहालरतलाई कारबाही गर्ने कुरो पनि उठेको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले उक्त रणनीतिअनुसार नै प्रक्रिया अघि बढाउनुभएको बताइन्छ । यसअघिका प्रधानन्यायीश हरिकृष्ण कार्कीले त्यससम्बन्धमा खासै चासो नदिनुभएको कतिपयको बुझाई छ ।

यता,नक्कली भुटानी शरणार्थी काण्डसम्बन्धी मुद्दा हेरेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई बर्ष दिन नपुग्दै रुकुम पुर्याइएको छ । 

स्रोत भन्छ, ‘केही न्यायाधीशको असक्षमतालाई निरन्तरता नदिने र कहिल्यै नगएकालाई बाहिर पठाउने समझदारी भएको छ । केही न्यायाधीश सुदूर पश्चिम र पहाडी जिल्लामा जानै हुँदैन भन्ने छैन ।’

टिप्पणीहरू