किर्ते गर्ने एक दर्जन मेनपावर कम्पनी निलम्बित

किर्ते गर्ने एक दर्जन मेनपावर कम्पनी निलम्बित

वैदेशिक रोजगार विभागले एक दर्जन बढी मेनपावर कम्पनीमाथि निलम्बनको कारवाही गरेको छ । शंकास्पद प्रमाणपत्र पेश गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको भन्दै विभागले १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेको हो । 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम ती कम्पनीलाई निलम्बन गरी थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । 

निलम्बनमा पर्ने मेनपावर कम्पनीमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी प्रालि, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल इम्प्लोमेन्ट सर्भिस प्रालि, लायन्स इन्टरनेशनल नेपाल प्रालि रहेका छन् । 

त्यस्तै, भण्डारी ओभरसिज प्रालि, वल्र्ड फेभर ओभरसिज प्रालि, न्याप इन्टरनेशनल प्रालि, मन्जुश्री ओभरसिज सर्भिस प्रालि, एएनएस एसोसिएस प्रालि, क्यापिटल इन्टरनेशनल मेनपावर प्रालि, ग्रान्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेशनल प्रालि पनि निलम्बनमा परेको विभागले जनाएको छ ।

टिप्पणीहरू