दुबईबाट काठमाडौं आएका भारतीयको साथमा अवैध सुन

दुबईबाट काठमाडौं आएका भारतीयको साथमा अवैध सुन
सुन्नुहोस्

दुबईबाट काठमाडौँ आएका दुई भारतीय नागरिक अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका छन् । 

सुनजस्तो देखिने पहेँलो धातु ३ सय २० ग्रामसहित २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरीलाई प्रहरीले आज नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरु हिमालयन एयरलाइन्सको उडानमा दुबईबाट काठमाडौं आएका थिए । अग्रवाललाई विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौतको धातुको बाला १ थान र सिक्री १ थान फेला परेको थियो । त्यस्तै, विमानस्थलको आगमन कक्षमा रहेको एलिभेटरमा जाँच गर्दा जबेरीको साथबाट १ सय ग्राम तौलको उक्त धातुको बाला १ थान भेटिएको थियो । 

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

टिप्पणीहरू