एमाले मधेशमा पनि मतदान निश्चित
जनकपुरमा भइरहेको नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया निर्वाचनको माध्यमबाट तय गरिने भएको छ । पदाधिकारी चयनका लागि निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।
अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र आजै रातिसम्म मतदान गराउने तयारी थालिएको बताइएको छ । तर, आकांक्षीहरुको सूचाी लामो भएकाले मतपत्र निकै लामो हुने भएकाले तत्काल मतदान गराउन गाह्रो हुने सहभागी प्रतिनिधिहरुको भनाई छ ।
प्रदेश समितिको २४२ पदमा उम्मेदवारको निर्वाचन हुने भएको छ । अध्यक्षमा चार जना आकांक्षी देखिएका छन् । सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल र विचारी यादव तथा धनुषाका लक्ष्मीनारायण यादव मुख्य आकांक्षी हुन् । पार्टी नेतृत्व मण्डललाई अध्यक्षको जिम्मेवारी दिनुपर्ने पक्षमा देखिएको छ ।
टिप्पणीहरू