एमालेको चियापान एक दिनपछि धकेलियो

एमालेको चियापान एक दिनपछि धकेलियो

नेकपा एमालेको चियापान कार्यक्रम यसअघि तोकिएभन्दा एक दिन पछाडि सरेको छ । कात्तिक १४ गते तोकिएको चियापान १५ गतेका लागि सरेको जानकारी दिइएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आगामी आइतबार आइपुग्ने भएकाले पार्टी मुख्यालयमा गर्न लागिएको चियापान भोलिपल्ट सारिएको हो । 

एमालेले दसैं, तिहार, छठलगायत पर्वको उपलक्ष्यमा विगतमा झैँ यस वर्ष पनि चियापान गर्न लागेको हो ।

टिप्पणीहरू