राष्ट्र संघीय कर्मचारीको साथमा पेस्तोलसहित ४५ राउण्ड गोली

राष्ट्र संघीय कर्मचारीको साथमा पेस्तोलसहित ४५ राउण्ड गोली

नयाँ दिल्लीबाट गएराति काठमाडाैं आइपुगेका संयुक्त राष्ट्र संघका एक जना कर्मचारीको साथबाट पेस्तोल, म्याग्जीन र गोली बरामद भएको छ । एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति साढे ९ बजे आएका मार्को पाइजेभिकको साथमा बेरेटा पेस्तोल, दुई थान म्याग्जेनि र ४५ राउण्ड गोली भेटिएको बताइएको छ ।

मार्को राष्ट्रसंघीय सेफ्टी एण्ड सेक्युरिटी डिपार्टमेण्टको तर्फबाट काठमाडौं आएको बुझिएको छ । सोही विभागको तालिममा सहभागी हुन आउने क्रममा ती हतियार बोकेर ल्याएको राष्ट्र संघको यहाँस्थित कार्यालय स्रोतले बताएको छ ।

ती हतियारलाई पुलचोकमा रहेको राष्ट्र संघीय कार्यालयलाई आज बुझाउने गरी भन्सार कार्यालयमा राखिएको छ । हतियार भन्सारको जिम्मा लगाएपछि उनी राष्ट्र संघीय ६६–१–०९३५ नम्बर प्लेटको गाडीमा विमानस्थलबाट निस्केका थिए ।
 

टिप्पणीहरू