गोली प्रहारबाट घाइते बाल एकता स्कुलका हेडसरको अस्पतालमा निधन

गोली प्रहारबाट घाइते बाल एकता स्कुलका हेडसरको अस्पतालमा निधन

बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात समूहको गोली प्रहारबाट घाइते प्राधानाध्यपकको मृत्यु भएको छ ।

आज दिउँसो गोली लागेर गम्भीर घाइते भएका बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकारको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए । 

मोटरसाइकलमा आएका व्यक्तिहरुले प्रहार गरेको गोली लागेर घाइते भएका स्वर्णकारलाई शुरुमा कलैया अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्नेको खोजी भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू