३९ वर्षीया महिलाले ३८ लाख ठगिन्

३९ वर्षीया महिलाले ३८ लाख ठगिन्
सुन्नुहोस्

वैदेशिक रोजगारीको नाममा ठग्दै आएकी महिला पक्राउ परेकी छन् ।  पोल्याण्ड पठाइदिने नाममा सर्वसाधारणलाई ठग्दै आएकी महिला पक्राउ परेकी हुन् । आकर्षक तलबको प्रलोभनमा लाखौं ठगेकी सुनिता कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको इन्द्रचोकबाट आज नियन्त्रणमा लिएको हो ।

भक्तपुर घर भई हाल काठमाडौंको नागार्जुन बस्दै आएकी ३९ वर्षीया सुनिताले वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा ठगेको तथ्य खुल्न आएको छ । 

पोल्याण्ड जान आठ लाख खर्च लाग्ने र मासिक डेढ लाख आम्दानी हुने आश्वासनमा पीडितहरुबाट पटक पटक गरेर ३८ लाख उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढाएको थियो । 

पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू