ठाउँ-ठाउँमा जुवाको खाल, लाखौँको जितहार

ठाउँ-ठाउँमा जुवाको खाल, लाखौँको जितहार
सुन्नुहोस्

काठमाडौंका विभिन्न स्थानबाट एक दर्जन बढी जुवाडे समातिएका छन् । प्रहरीले जुवाको खालमै पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

नागार्जुन नगरपालिका–२ ठुलोभप्याङस्थित गैरीगाउँ बस्दै आएकी सिन्धुपाल्चोककी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित छ जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति दुई लाख ११ हजार दुई सय रुपैयाँ नगद ६ बुक ताससहित नियन्त्रणमा लिएको हो । 

यस्तै, काठमाडौं महानगरपालिका–४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवा खेलिरहेका सात जना जुवाडे पनि प्रहरीको फन्दामा परेका छन् । दोलखा घर भई हाल काँडाघारी बस्दै आएका ४० वर्षीय किरन थापासहित समातिएका हुन् । 

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति दुई लाख ९२ हजार रुपैयाँ नगद, २० हजार रुपैयाँको एउटा बैक चेक र ११ बुक ताससहित पक्रेको जनाइएको छ । 

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू