नक्कली नोट बनाउँदै हिँडेका नुवाकोटेहरु रुसुवाको नौबिसेमा

नक्कली नोट बनाउँदै हिँडेका नुवाकोटेहरु रुसुवाको नौबिसेमा

रसुवामा नक्कली नोट बोकेका तीन जना पक्राउ परेका छन् । उत्तरगया गाउँपालिका ५ नौबिसेको एक होटलबाट नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

नुवाकोटको ककनी गाउँपालिका ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका ८ बस्ने मानबहादुर गुरुङ र दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डितलाई प्रहरीले नक्कली नोटसहित पक्रेको हो ।

उनीहरुलाई होटलमा नक्कली नोटको कारोबार गरेको अवस्थामा पक्राउ गरिएको बताइन्छ । उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्कीभित्र एक हजार र पाँच सयको नेपाली नोट तलमाथि राखेर बीचमा कागज तथा पत्रिकाहरू नोटको आकारमा राखिएको पैसाको बिटो फेला परेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कार्यमा प्रयोग गरिएको कैंची र पेपर कटर, विभिन्न बैंकहरुको चेक, मोबाईल र स्कुटर फेला परेको बताइन्छ । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।

टिप्पणीहरू