बारीमा लगेर किशोरीमाथि करणी

बारीमा लगेर किशोरीमाथि करणी

पाल्पामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–६ का २६ वर्षीय जिज्ञाश दाहाल प्रहरी हिरासतमा पुगेका छन् । 

उनले पाल्पाको तानसेन नगरपालिका–८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई स्थानीइ बारीमा पुर्याएर करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइन्छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले हिजो बेलुकी दाहाललाई नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू