नक्कली प्रहरीको ठगी : १० हजार पेश्कीमा सवा लाखको सामान

नक्कली प्रहरीको ठगी : १० हजार पेश्कीमा सवा लाखको सामान

चितवनमा नक्कली प्रहरीले सजिलैसँग व्यापारीलाई छक्याएका छन् । आफूलाई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी बताउँदै हिँडेका खोटङका ललित बानियाँ अहिले प्रहरी हिरासतमा पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगन्ज काठमाडौँबाट खटिएको टोलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाडौँमा पक्राउ गरिएको छ ।

उनले भरतपुरको हाकिमचोकस्थित धनलक्ष्मी पसलबाट मर्मत सम्भारको सामान खरिद गरेका थिए । प्रहरी कार्यालयको निम्ति भन्दै भदौ २७ गते एक लाख १९ हजार २०० रुपैयाँ बराबरको सामान लिएर गएको बताइन्छ । 

पसल सञ्चालक मातृका पराजुलीसँग प्रहरी कार्यालय साजसज्जाको निम्ति १० लाखको सामान आवश्यक परेको जनाउँदै उनले १० हजार रुपैयाँ पेश्की दिएका थिए । लगत्तै असोज २ गते बा.१७ च ३७४५ नम्बरको जिपमा फरमाइका, प्लाई, डेन्ड्राइडलगायत एक लाख ७९ हजार २०० सामान लिएर उनी हिँडेको पराजुलीको भनाई छ ।

त्यहि सामानको रकम खोज्दै पराजुली प्रहरी कार्यालय पुगेपछि बानियाँको खोजी भएको हो ।

टिप्पणीहरू