११ किलो सुन काण्डमा संलग्न महिला पक्राउ

११ किलो सुन काण्डमा संलग्न महिला पक्राउ

गत असोजमा दोलखामा बरामद भएको ११ किलो अवैध सुन प्रकरणमा संलग्न अर्की एक महिला पक्राउ परेकी छन् । रामेछापको मन्थली नगरपालिका ५ की महिमा माझीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले उनलाई काठमाडौँबाट पक्रेको बताइएको छ ।

काठमाडौंमा पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय दोलखा पुर्याइएको छ । उक्त काण्डमा यसअघि १४ जना समातिएका छन् ।

माझीको संलग्नता सुन तस्करहरूले बेचेको सुनको नेपाली रुपैयाँलाई डलरमा साटेको देखिन आएको प्रहरीको दाबी छ । उक्त काण्डमा अझै केही फरार रहेको बताइन्छ ।

टिप्पणीहरू