दिउँसो कपाल काट्ने, राति एटिएम फोड्ने

दिउँसो कपाल काट्ने, राति एटिएम फोड्ने

पोखरामा एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जना भारतीय पक्राउ परेका छन् । पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको बताइएको छ ।

उनले पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए । बिहारको मोतिहारी घर भएका उनी नयाँबजारस्थित बबी ठाकुर सैलुनका सञ्चालक समेत हुन् । 

ठाकुरले एटिएमको ढोका फोडेर मेसिनभित्रको रकम निकाल्ने प्रयास गरेका थिए । उनलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर  अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

टिप्पणीहरू