मालपोतका सुब्वा र खरिदारविरुद्ध मुद्दा
मालपोत कार्यालय सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित समातिएका छन् ।
जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग डेढ लाख घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो । आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
अनुसन्धानको क्रममा उनीहरुको आपसी मिलोमत्तोमा अंशबण्डा नामसारी गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको खुल्न आएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू