सालोले भिनाजुलाई खुकुरीले छप्काए, रक्सीले मातेकी महिलाको कुटाइबाट वृद्ध बिते

सालोले भिनाजुलाई खुकुरीले छप्काए, रक्सीले मातेकी महिलाको कुटाइबाट वृद्ध बिते

खुकुरीले छप्काएर आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा झापाका एक युवा समातिएका छन् ।

घरायसी विवादमा भिनाजु ४५ वर्षीय धन बहादुर कट्वाललाई खुकुरी र बाँसले हानेर हत्या गरेको आरोप लागेका बुद्धशान्ति गाउँपालिका–५ का ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कट्टवालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको र त्यसमा रोशनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो । 

यता, पर्साको पर्सागढी नगरपालिका–४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामलाई कुटेर मारेको अभियोग लागेका स्थानीय ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै–झगडा हुँदा गम्भीर घाइते भएका रामको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू