अछाममा हत्या गरेपछि फरार लक्ष्मी काठमाडौंमा भेटिइन्

अछाममा हत्या गरेपछि फरार लक्ष्मी काठमाडौंमा भेटिइन्

१८ वर्षीय किशोरको हत्या अभियोगमा एक महिला पक्राउ परेकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनारलाई प्रहरीले पक्रेको हो । 

शुक्रबार १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या गरी फरार भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो नियन्त्रणमा लिएको जनाइएको छ ।

उनलाई आवश्यक कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय अछामतर्फ पठाइएको छ ।

टिप्पणीहरू