७० वर्षीया ठूलीमायाको साथमा गाँजा

७० वर्षीया ठूलीमायाको साथमा गाँजा

धादिङमा गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गजुरी गाउँपालिका–४, भूमिढुंगाकी ७० वर्षीया ठूलीमाया थोकर र २५ वर्षीय वीरबहादुर तामाङ गाँजा बोकेर हिँडेको अभियोगमा समातिएका हुन् । 

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले आज दिउँसो उनीहरुलाई स्थानीय पोखरेखोलाबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट पाँच केजी गाँजा बरामद गरेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू