लभको कम्मरमा चाँदीको पोको

लभको कम्मरमा चाँदीको पोको

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरिएको चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको सितामढी वसतपुका १९ वर्षीय लभ दासलाई चाँदीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनलाई आज बिहान सर्लाहीको मलंगवा नगरपालिका–८, लचकाबाट नियन्त्रणमा लिएको हो । 

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनको कम्मरमा एक किलो ९५० ग्राम चाँदी फेला परेको बताइन्छ । प्रहरीका अनुसार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू