पुलिसको सुरक्षा घेराभित्र कसरी गयो ज्यान ? (भिडिओ सहित )

पुलिसको सुरक्षा घेराभित्र कसरी गयो ज्यान ?  (भिडिओ सहित )
सुन्नुहोस्

कैलाली प्रहरीको हिरासतमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्याको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएको थियो ।

उनी धनगढीका कृष्ण सेट्टी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएको बताइन्छ ।

तर,दाइ गोपाल सेट्टीले भने प्रहरीकै कस्टडीमा आफ्नो भाइको हत्या भएको बताए । उनले प्रहरीले सिसिटिभी पनि लुकाइरहेको दाबी गरे । भाइको स्वास्थ्यमा कुनै समस्या नरहेको पनि उनको भनाई छ । आफन्तले अहिले घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेका छन् ।

अस्तिमात्रै धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेका थिए ।बिहीबार प्रहरीले उनलाई बयानका लागि थुना कक्षबाट बाहिर ल्याएको थियो । प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमवार दिउँसो मदिरा चोरी गरेको आरोप लगाएर स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेपछि थापा बितेर सेट्टी समातिएका हुन् ।

टिप्पणीहरू