गेष्ट हाउसमा जुवाको खाल, सात जना पुलिसको फन्दामा

गेष्ट हाउसमा जुवाको खाल, सात जना पुलिसको फन्दामा

काठमाडौंको मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसमेत ७ जना जुवाको खालबाट समातिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले संचालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई गएराति नियन्त्रणमा लिएको हो । प्रहरीले १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट ताससमेत बरामद गरेको छ । 

 यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

टिप्पणीहरू