थानकोटमा चाँदीको कचौरासँगै भारतीय रुपैयाँ

थानकोटमा चाँदीको कचौरासँगै भारतीय रुपैयाँ

प्रहरीले अवैध चाँदीका कचौरा र भारतीय रुपैयाँ बरामद गरेको छ । काठमाडौंको नागढुङ्गामा बील तथा कागजात नभएको चाँदीको कचौरा सात वटासँगै ६४ हजार ७०० भारतीय रुपैयाँसहित नुवाकोटको तादी गाउँपालिका–४ का ४१ वर्षीय अर्जुन विक पक्राउ परेका हुन् ।

विकले पाँच सय र एक सय दरका भारतीय रुपैयाँ ल्याएको बताइन्छ । 

उनी बा.प्र ०१–००६ ख ५६५३ नम्बरको बसमा काठमाडौं आइरहेका थिए । प्रहरीले चेक जाँच गर्ने क्रममा कचौरा र रुपैयाँ फेला पारेको बताइएको छ ।

टिप्पणीहरू