एमालेको जलपान अब बसन्तपुरमा
नेकपा एमालेको काठमाडौं महानगरपालिका कमिटीले जलपान कार्यक्रम राखेको छ । नेपाल सम्वत ११४४, तिहार र छठ पर्वको अवसरमा मंसिर ९ गते शनिबार काठमाडौंको वसन्तपुरमा जलपान कार्यक्रम राखिएको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मध्यान्ह १२ बजेदेखि चित्रकला प्रदर्शनी र रक्तदान हुने जनाइएको छ ।
टिप्पणीहरू