कानको अप्रेशनपछि मन्त्रीको मोबाइल पाँच दिन बन्द

कानको अप्रेशनपछि मन्त्रीको मोबाइल पाँच दिन बन्द

लामो समयदेखि कानको समस्या झेल्दै आउनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले अप्रेशन गराउनुहुने भएको छ । 

महाराजगंजस्थित शिक्षण अस्पतालमा भोलि अप्रेशन गर्न लागिएको हो । अप्रेशनपछि मन्त्री राईलाई कम्तिमा ५ दिन अस्पतालको भिआईपी कक्षको क्याबिन नं ६०१ मा राखेर थप उपचार गरिनेछ ।

सो अवधिमा उहाँको मोबाईल फोन बन्द रहने जानकारी गराइएको छ ।

टिप्पणीहरू