एकाघरका दाजुभाइ कोठामा मृत अवस्थामा

एकाघरका दाजुभाइ कोठामा मृत अवस्थामा

दाङमा एकाघरका दाजुभाइ एउटै कोठामा मृत फेला परेका छन् । 

तुलसीपुर–६ गाइडहरमा दुई दाजुभाइ भाडाको कोठामा मृत फेला परेको बताइएको छ ।

उनीहरु तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेनाका स्थायी बासिन्दा हुन् । मृतक ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत आफ्नै दाजु र भाइ हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले विष सेवन गरेको देखिन आएको छ ।

टिप्पणीहरू