विदेशी मुद्रासहित लाखौं नगद र सुन चोरीपछि घरबेटी शंकाको घेरामा

विदेशी मुद्रासहित लाखौं नगद र सुन चोरीपछि घरबेटी शंकाको घेरामा

ललितपुरमा लाखौंको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका–१८, भैसेपाटीस्थित विनायक कोलनीमा कामेश्वर यादवको घर चोरी भएको बताइएको छ ।

उनको घरबाट दुई लाख नेपाली रुपैयाँ, केही अमेरिकी डलर, भारतीय रुपैयाँ चोरिएको छ । यादवका अनुसार विभिन्न सुनका गहनासमेत गरेर १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

हाल प्रहरी प्रभाग बुंग्मतीले चोरीमा संलग्न तर फरार व्यक्तिको खोजी गरेको जानकारी दिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
तर, यादवसँग रहेका तर चोरिएको भनिएका विदेशी मुद्राको परिमाणले अनुसन्धानलाई बेग्लै ढंगले अघि बढाइएको प्रहरी स्रोतले बताएको छ ।

टिप्पणीहरू