दक्षिणकालीमा नक्कली नोटको बिटो

दक्षिणकालीमा नक्कली नोटको बिटो

प्रहरीले दणिकाली नजिकैको फर्पिङमा नक्कली नोटको बिटो फेला पारेको छ । दक्षिणकाली नगरपालिका–५, फार्पिङ बसपार्कबाट नक्कली रुपैयाँसहित दुई जना पक्राउ परेको बताइएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोककै कुभुण्डे गाउँपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्णबहादुर थापाको साथबाट ३४९ थान नक्कली एक हजारका नोट फेला परेको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमो र यात्रुलाई जाँच गर्ने क्रममा उनीहरुबाट उक्त परिमाणको नक्कली नोट फेला परेको हो ।

टिप्पणीहरू