अनलाइन क्यासिनो खेलाउने गिरोहमा २२ वर्षकी युवती

अनलाइन क्यासिनो खेलाउने गिरोहमा २२ वर्षकी युवती

प्रहरीले राजधानीमा अनलाइन क्यासिनो खेलाउँदै आएको एउटा समूहलाई पक्रेको छ । उक्त समूहका छ जनालाई ललितपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बताइएको छ । 

विभिन्न खेलकुद प्रतियोगितालगायतमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको सुराकी पाएपछि प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउपछी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएकामा २२ वर्षकी निका राई छिन् । 

गोदावरी बस्दै आएकी राई उदयपुरको चौदण्डीगढी नगरपालिका ३ की हुन् । त्यस्तै धनकुटा नगरपालिका ७ का ३० वर्षे अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका २ का २२ वर्षेे आमोश राई र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ७ का २९ वर्षे विजय थापा पनि प्रहरी नियन्त्रणमा छन् । 

बाग्लुङको बरेङ गाउँपालिका ४ का २७ वर्षे पर्वत पुन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ का २७ वर्षे डेकर राई पनि अनलाइन क्यासिनो खेलाउन समूहको भएको बताइएको छ ।

उनीहरुको साथबाट छ थान ल्यापटप, दुई थान राउटर, तीन थान कम्प्युटर, दुई थान मोनिटर, सिपीयु एक थान र १४ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू