युवतीमाथि सामूहिक बलात्कार, चारमध्ये तीनजना पक्राउ

युवतीमाथि सामूहिक बलात्कार, चारमध्ये तीनजना पक्राउ

बाँकेमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा खजुरा गाउँपालिका–१ जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रविण थापा पक्राउ परेका छन् । 

गत कात्तिक ३० गते उनीहरुसहित जानकी गाउँपालिका–२ चौधरीपुरका २० वर्षीय सन्देश थापा क्षेत्रीले ती युवतीलाई सोही गाउँपालिका–१ जलपोखरीस्थित अरहरी बारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । 

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीन जनालाई हिजो समातेको हो । हाल फरार रहेका क्षेत्रीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू