घरमा ब्राउनसुगरसहित भेटिएका बलभद्रलाई प्रहरीले समात्यो

घरमा ब्राउनसुगरसहित भेटिएका बलभद्रलाई प्रहरीले समात्यो

सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्दै आएका ३६ वर्षीय बलभद्र खत्रीसहित दुई जना समातिएका हुन् । 

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले गएराति खत्रीको घर खोजतलास गर्ने क्रममा लागूऔषध फेला परेको बताइएको छ ।  प्रहरीका अनुसार ब्राउनसुगर ८ ग्राम, नगद तीन हजार, कैंची एक थान, प्लास्टिकको टुक्रा दश वटा, प्लेट एक थान र मोबाइल दुई थान बरामद भएको छ । 

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू